गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय छः अध्यक्ष लिङ्देन

गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय छः अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन्। 

मंगलबार साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईको साता व्यापी भ्रमण सकेर स्वदेश फर्कदै गर्दा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले नेपालीहरु ठूलो समस्यामा रहेको बताए। उनले धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता अत्यन्त कमजोर भएको र सरकारले यो कुरामा गम्भीर हुनुपर्ने बताए। 

उनले भने,‘सप्लाईको क्रममा जाने कामदारहरुले धेरै दुःख पाएको पाइयो। घरेलु काममा जाने महिलाहरु असाध्य पीडित र दुःखमा रहेको अवस्था छ। त्यो संँगसंँगै यो भिजिट भिसामा जाने मानिसहरु ठूलो समस्यामा रहेछन्। त्यति धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता भने अत्यन्त कमजोर देखियो।’
 
साउदी अरेबियाले मात्र ४० करोड भन्दा माथि रेमिट्यान्स पठाउने तर हाम्रो कामदारहरुको अवस्था भने दयनीय रहेको उनको भनाइ छ।अध्यक्ष लिङदेनले यो सबै दिल्लीमा भएको १२ बुँदे सहमति र त्यसले तय गरेको मार्ग चित्रका साथै सरकारको उदासिनता एवं धर्म निरपेक्षताको दुष्परिणाम भएको बताए। 

Logo