गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसद उर्मिला थेवेले शिक्षाको पहुँचबाट गरिवलाई पर राख्ने नीति सरकारले किन लिदैँ छ भन्ने प्रश्नको उत्तरमा उनले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध रहेको बताएका हुन् । 

उनले भने, ‘आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँन सरकारको नीति छ र सरकार प्रविद्धता रहेको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक छिटै नै संसदमा पेश गरिने छ । नेपालको संविधानमा उल्लेख गरिएको आधारभूत शिक्षा अनिवार्य तथा निःशूल्क र माध्यमिक तहसम्मको शिक्षा निशूल्क उपलब्ध गराउनका लागि सरकारले निशूल्क पाठ्य पुस्तक आवासिय गैरआवासिय लक्षित समूहलगायतका विभिन्न किसिमको छात्रवृत्ती, प्याड लगायतको व्यवस्था गरिएको छ ।’

स्थानीय तहहरुले आफ्नो बजेटमा शिक्षामा थप लगानी गर्दै गएको भन्दै प्रधानमन्त्री दाहालले सार्वजनिक विद्यालयमा कुनै किसिमको शूल्क लिन नपाउने व्यवस्था पनि गरिएको बताए । उनले भने, ‘उच्च शिक्षा अन्तरगत चिकित्सा शिक्षामा सरकारी लगानीका संस्थाहरुमा कूल सिटको ७५ प्रतिशत सिटमा विद्यार्थीहरुले निशूल्क अध्यन गरिरहेका छन् । सार्वजनिक शिक्षालाई निशूल्क गरी सबैको पहुँचमा पु-याउनको लागि थप स्रोतको व्यवस्था गर्न सरकार प्रयत्नशिल रहेको छ ।’ 

यस्तै, प्रधानमन्त्री दाहालले ताप्लेजुङ्मा आएको बाढिका कारण विस्थापित भएको स्थानियहरुकोे उद्धार गरी सुरक्षित बसोबासको र राहतको व्यवस्था गरेको भन्दै मौसममा सुधार आएसँगै उनीहरुलाई स्थापित गर्ने प्रयासमा सरकार लागेको बताए । 

Logo