एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता


नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ। जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो। 

सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए। जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए । एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । सोही बैठकमा सहभागी हुन उनीहरु  जनकपुरतर्फ जाँदै थिए ।

Logo