गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युतिभ मिट २०८० सम्पन्न

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युतिभ मिट २०८० सम्पन्न


 नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  डिलर सेल्स एक्जेक्युतिभ मिट कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा आयोजित भएकाे यो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा एक मात्र यस्तो कार्यक्रम भएकाे कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्रि बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै भन्दा धेरै हुन्छ।

नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु संचालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युतिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ। 

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराई सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी रहेकाे समेत बताए। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्डकाे रूपमा रहेकाे छ। यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँदै आएकाे छ। 

Skip This
Logo