नेपाली सेनाले निर्माण गरिरहेको आयोजनाहरुको स्थलगत भ्रमण गरिने

नेपाली सेनाले निर्माण गरिरहेको आयोजनाहरुको स्थलगत भ्रमण गरिने


भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गरेका हुन् । 

काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनाको निर्माण गरिरहेको छ । 

नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सवै ठाउँको स्थलगत अध्ययन गरिने भएको छ । 

काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मूल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिँदा बाटोको लम्वाई पनि कम भएको छ ।

Logo