नेपाली क्रिकेट टोलीलाई मेयर बालेनकाे हौसला

नेपाली क्रिकेट टोलीलाई मेयर बालेनकाे हौसला


पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन्।

समाजिक संञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिँड्नुपर्ने बाटो यही हो। लगाउनुपर्ने हारहरूका मालाहरू पनि यी नै हुन्। प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू! हामी हिँडेको बाटो गलत छैन,भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन्।

उनले लेखेका छन्,‘एकपल्ट नेपालका सर्वकालिक खेलाडी पारस खडकाज्युसँग कुरा भएको थियो मेरो। उहाँ भन्नुहुन्थ्यो,’२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो। बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो हामीलाई थाहा नै हुन्न थियो। हामी उनीहरूसँग खेल्दै गयौँ। सिक्दै गयौँ। अहिले एसोसिएट देशहरूमा हाम्रो अवस्था फरक छ। 

हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो। हामीलाई पाकिस्तानी खेलाडीका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्‍यो। बाबर आजम जस्ता खेलाडीलाई बलिङ गर्नुपर्दा हाम्रा खेलाडीहरूलाई सुरुवातमा केही धक रहे जस्तो देखियो। तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ। त्यो सिकाइले हामी भारतसँग खेल्न केही सहज बनाउनेछ। अझै यस्तै विश्वस्त टिम र खेलाडीहरूसँगको सिकाइले केही वर्षमा नै युएईहरूसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरूसँग पनि अवश्य राम्रो गर्नेछौँ।

बाटो लामो छ तर सफलताका लागि हिँड्नुपर्ने बाटो यही हो। लगाउनुपर्ने हारहरूका मालाहरू पनि यी नै हुन्। प्रिय खेलाडी,व्यवस्थापक र समर्थकहरू! हामी हिँडेको बाटो गलत छैन।’

Logo