कलाकारहरुको गाईजात्रे साक्षात्कारः ठूला माछा समाउन नसकेकोप्रति व्यङ्ग्य

कलाकारहरुको गाईजात्रे साक्षात्कारः ठूला माछा समाउन नसकेकोप्रति व्यङ्ग्य


हास्य कलाकारहरुले देशमा घटेका विभिन्न काण्डहरुप्रति तोखो व्यङ्ग्य गरेका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा हाँस्य कलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, शिवशंकर रिजाल, हिमेश पन्त, दिनेश काफ्लेलगायतका कलाकारले नेपालमा हास्य व्यङ्ग्यको इतिहास सम्झिदैँ नेपालमा अझैपनि हास्य व्यङ्यका माध्यमबाट देशका विकृति सुधारका लागि प्रयार गरिहरेको बताए ।  

साक्षात्कार कार्यक्रममा हास्यकलाकार शैलेन्द्र सिम्खडाले नेपालमा डबलीबाट सुरु भएको गाईजात्रा २०३३ सालमा सत्यमोहन जोशीले रंगमञ्चमा ल्याएको स्मरण गरे । नेपाली गाईजात्राको इतिहासलाई स्मरण गर्दै उनले भने, ‘नेपालमा गाईजात्रा भन्ने पर्वलाई डबलीबाट रंगमञ्चमा २०३३ सालमा सत्यमोहन जोशीले लगेको हो । म २०३७ सालबाट सहभागी भएँ ।’

२०३७ सालदेखि गाईजात्रामा सहभागी हुँदै आएपनि तीनवटा संकटकाल व्यहोरेको बताए । उनले २०४६ साल, २०६२/०६३ साल र कोरोना कालमा गाईजात्राले अहिलेसम्म तीनवटा संकटकाल व्यहोर्न परेको बताए । 

यसपटकदेखि प्रज्ञा भवनमा आज बिहीबार दुई शो, शनिबार एक शो र आईतबार दुई शो गरेर पाँच शो गाईजात्रा कार्यक्रम संचालन गर्ने कार्यक्रम छ । 

शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले नेपाली राजनीतिमा र चलचित्रमा रहेका विकृतिका बारेमा व्यङ्ग्य गरेका थिए । सरकारले मन्त्रीलाई परेको भ्रष्टाचार मुद्दामा पियनलाई छानबिन भइरहेको व्यङ्ग्य गरे ।

ठूलाबडाले गरेको भ्रष्टाचार छानबिनको दायरामा ल्याउन नसकिएको त्यसका लागि सरकार अहिले सक्षम भइ नसकेको उनले बताए । ‘पहिला ठूला माछा समात्नुस्, ह्वेल माछा समात्नुस् । अनि झिँगे माछा समात्नु होला,’ उनले भने ।

अर्का हास्यकलाकार श्रीकृष्ण सिम्खडाले देशको राजनीतिक विकृति र संसंगतिका बारेमा व्याङ्ग्य गरे । टीकापुर घट्नातर्फ लक्षित गर्दै उनले मान्छेलाई मारेर शालिक बनाउने परम्परा बढेको बताए ।

त्यस्तै कलाकार दिनेश काफ्लेले आफूले क्यारिकेचर गर्न नजान्दै रिपोर्टर्स क्लबको नाम सुनेको बताए । गाईजात्राको कमाण्ड गर्दै आइरहेको रिपोर्टर्स नेपालमा आज थोरैमात्रामा कलाकार उपस्थित भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

Logo