आईबी एजुकेसनले किन र कसरी सिक्ने भन्ने सिकाउँछ, विद्यार्थीलाई जिम्मेवार बनाउँछः प्रबिना थापा [भिडियाे]

आईबी एजुकेसनले किन र कसरी सिक्ने भन्ने सिकाउँछ, विद्यार्थीलाई जिम्मेवार बनाउँछः प्रबिना थापा [भिडियाे]


प्रिमियर इन्टरनेशनल आइबी कन्टिनम स्कुलको एकेडेमिक डाइरेक्टर प्रबिना थापाले अब नेपालको आवश्यकता भनेको आईबि एजुकेशन भएको बताएकी छन् । 

केन्द्रबिन्दु शिक्षा संबादमा कुराकानी गर्ने क्रममा एकेडेमिक डाइरेक्टर थापाले आईबिले स्थानिय संस्कृति भाषा र परिवेशलाई सम्मान गर्नुका साथै विश्व बजारमा नै आफनो स्थान बनाउन सफल भएको बताएकी हुन् । उनले अबको समयमा घोकन्ते शिक्षाको आवस्यकता नरहेको प्रस्ट पारिन् ।

नेपाली पाठ्यक्रममा सिकाउने विषयमा समस्या नभएको तर कसरी सिकाउने भन्ने विषयमा मात्र समस्या भएको एकेडेमिक डाइरेक्टर थापाको दावी छ । विद्यार्थीहरुले के कुरा सिक्न खोजेको छ त्यसमा रहेर सिकाई गर्नु ठूलो कुरा भएको उनले बताइन् । साथै उनले विदेशमा रहेका अभिभावकहरुले आफ्ना बाल बच्चाहरुलाई नेपालमा राख्दा नेपालको परिवेशलाई सरल रुपमा बुझ्नसक्ने भएकै कारण आईबिमा अभिभावकको धेरै विश्वास रहेको उनकाे दाबी छ ।

Skip This
Logo