‘आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्ण’ -मन्त्री चित्रकार

‘आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्ण’ -मन्त्री चित्रकार


वागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागि श्रृजनशील उद्यमी मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

श्रृजनशील उद्यमी मेला २०८० को उद्घाटनका अवसरमा प्रदेश मन्त्री चित्रकारले  अर्थतन्त्रसँगै समाजलाई रुपान्तरण गर्न र महिलालाई बलियो बनाउँनको लागि पनि मेलाले महत्वूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । उनले यस्ता मेलालाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । 

उनले भने, 'प्रदेश सरकारको तर्फबाट म तपाईहरुलाई सक्दो सहयोग गर्न प्रतिवद्ध छु । नेपालको जुन खालको अर्थतन्त्र छ, हामी परनिर्भरमा छौ त्यसलाई माथि उठाँउनको लागि आत्मनिर्भर अर्थतन्त्र, स्वाभिमानमा निर्भर अर्थतन्त्र, आफ्नै स्रोत र साधनबाट विकास गर्न सक्ने अर्थतन्त्रको निमार्ण गर्न खोजी रहेका छौ । त्यसको लागि रोजगार महत्वपूर्ण पाटो हो र यस्तो खालको उद्यामशीलताले अर्थतन्त्रसँगै समाजलाई रुपान्तरण गर्न र महिलालाई बलियो बनाउँनको लागि यस्तो कार्यक्रमले महत्वूर्ण भूमिका खेल्छ ।' 

मन्त्री चित्रकारले तीजलाई उत्पादनसँग जोड्न खोजिएको भन्दै यसबाट महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा उभिने र आत्मनिर्भर बन्न सक्ने बताए । 

यस्तै, उक्त कार्यक्रममा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यो मेलाले महिला उद्यामीहरुलाई उत्साहित गर्ने काम भएको बताइन् । 

मेलाको उद्देश्य भनेको महिलाहरुलाई आर्थिक रुपमा सहयोग गर्ने र उनीहरुको सिपलाई उजागर गर्ने भएको श्रृजनशील उद्यमी मेलाकी अध्यक्ष मिलु थापाले बताइन् । 

उनले केही गर्न चहाने महिलाहरुको लागि यो एउटा राम्रो अवसर भएको पनि बताईन् । उनले भनिन्, 'केही गर्न चाहने महिलाहरुसँग सहकार्य गरेर उहाँहरुले गरेको कामलाई बजार दिनको लागि यो मेलाको आयोजना भएको हो । यो मेलाको उद्देश्य भनेको महिलाहरुलाई आर्थिक रुपमा सहयोग गर्ने र उहाँहरुको सिपलाई उजागर गर्ने हो ।' 

यसको सुरुवातमा घर घरमा गएर बोलाएर ल्याउनुपर्ने तर अहिले यसको अवस्था धेरै नै राम्रो भएको पनि उनको भनाइ छ ।  

Skip This
Logo