गणपति तेल मिलमा आगलागी, २ करोड बढीको क्षति

गणपति तेल मिलमा आगलागी, २ करोड बढीको क्षति


तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ। शनिबार बिहान २:३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

तेल मिलमा आगलागी भएको र आफूले  झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए। आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी  ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी  रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुन्।

Logo