#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व103019954198756164219837
नेपाल7061

‘सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न’ : मन्त्री अर्याल (भिडियोसहित)

काठमाडौं ।

भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् ।

शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो ।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पु¥याएको उनले बताइन् । पहिलो पटक नापनक्साको काम लाइडर नापी जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानून बनाएको र कार्यान्वनको चरणमा रहेको छ । भूमि मन्त्रालयबाट अर्थ मन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उनले दिइन् । यसका लागि आयोग मात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडी बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताइन् ।

सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले जानकारी दिइन् । २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताइन् । हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ ।

सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताइन् । वित्तिय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधन मार्फत सम्बोधन हुने उनको भनाई छ ।

गुठि विधेयक समेत समेटेर एकिकृत भूमि ऐन ल्याउन लागिएको अर्यालले बताइन् । पछिल्लो समय पटक पटक सरोकारवालासँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उनले जानकारी दिइन् । ‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ । उपत्यकालाई केन्द्रीत गरेर भोली समस्या नआओस भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ । एकिकृत कानून निर्माणको प्रक्रियामा छौँ’, उनले भनिन् । भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार