आठ महिनामा नेपाल भित्रिए छ लाख बढी पर्यटक, कुन देशबाट कति आए ? [भिडियाेसहित]

आठ महिनामा नेपाल भित्रिए छ लाख बढी पर्यटक, कुन देशबाट कति आए ? [भिडियाेसहित]


सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्। पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए। सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य लिएकोमा आठ महिना यता ६ लाख मात्र पर्यटक नेपाल आएका छन्। 

सरकारको लक्ष्य पुरा गर्न बाँकी चार महिनामा चार लाख पर्यटक नेपाल भित्रनुपर्छ।
उक्त समयवधिमा चार लाख पर्यटकले नेपाल भ्रमण गरेमात्र सरकारको लक्ष्य पुरा हुन्छ तर सरकारले लिएको लक्ष्य पुरा हुनेमा धेरैको आशंका देखिन्छ।

तर, बोर्डका निर्देशक लामिछाने सरकारको लक्ष्यभन्दा धेरै पर्यटकले नपाल भ्रमण गर्ने बताउँछन्। निर्देशक लामिछानेले सरकारले लिएको लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्ने समेत दाबी गरे। पर्यटकको लागि विस्तारै सिजन सुरू हुने उनले बताए।

अहिलेसम्मको पर्यटन आगमन तथ्यांकअनुसार नेपालमा अक्टोबर र नोभेम्बर धेरै पर्यटक आउने गर्छन्। सोहीअनुसार यस वर्ष पनि अक्टोबर र नोभेम्बरमा पर्यटकको संख्या उल्लेख रूपमा वृद्धि हुने उनले दाबी गरे।

सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य लिएकोमा आठ महिना यता ६ लाख मात्र पर्यटक नेपाल आएका छन्। 

पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन्। 

यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

पछिल्लो दुई महिनायताका तथ्यांकअनुसार चिनियाँ पर्यटक आगमनमा पनि वृद्धि भएको छ। चिनियाँ बजारमा गरिएको प्रचारप्रसारले पर्यटक आगमनमा सुधार भएको निर्देशक लामिछाने दाबी गर्छन्।

Logo