न्यायधिस शर्माविरुद्ध उजुरी आह्वान

न्यायधिस शर्माविरुद्ध उजुरी आह्वान


संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीश सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। 

सुनुवाइ समितिले आज एक सार्वजनिक सुचना जारी गर्दै शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको जनाएकाे छ।

सार्वजनिक सूचना अनुसार त्यसरी सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत आइतबार जारी सूचनामार्फत जानकारी गराइएको छ।

Logo