नाडा अटो शोमा चार पाङ्ग्रेबाट तीन नयाँसहित यी १६ ब्रान्ड सहभागी हुँदै

नाडा अटो शोमा चार पाङ्ग्रेबाट तीन नयाँसहित यी १६ ब्रान्ड सहभागी हुँदै


आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२३ मा चारपाङ्ग्रे सवारी साधनबाट विभिन्न १६ ब्राण्डले सहभागिता जनाउने भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चल्ने उक्त शोमा तीन नयाँ ब्राण्ड सेरेस, मेक्सस र जी ईभीसहित १६ ब्राण्डले सहभागिता जनाउने भएका हुन् । पहिलोपटक नेपाली बजारमा भित्रिन लागेको सेरेसले नयाँ इलेक्ट्रिक क्रसओभर सेरेस–३ र अर्को नयाँ मिनी इभी लन्च गर्ने भएको छ । 

साथै मेक्ससले मीफा–९ नाम गरेको नयाँ एमपीभी ल्याउने छ भने जीईभीले बुकिङ गरेको स्टल पनि कुनै नयाँ कार ब्राण्ड कै भएको चर्चा चलिरहेको छ । तर, नाम उल्लेख भइसकेको छैन । 

नाडाले छुट्टाएको चारपाङ्ग्रे सवारी साधनको स्टलमा सहभागि भएका कम्पनीहरु सुजुकी, निसान, टाटा, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड र सिट्रोन छन् । त्यसैगरी, बीवाइडी, नेटा, किया, एमजी, मेक्सस, विलिङ र जी ईभीले सहभागिता जनाउने छन् ।

यीमध्ये अधिकांश ब्रान्डले ईभीको प्रदर्शनीलाई प्राथमिकतामा राखेका छन् । अटो शोमा टाटा, बीवाइडी, एमजी, नेटा, सेरेस, किया, जीईभी जस्ता कम्पनीले नयाँ मोडलका ईभी बिक्री सुरु गर्दैछन् । यसका अलावा हुन्डाई, सिट्रोन, निसान, विलिङ, ग्रेटवाल मोटर्स, नेटा लगायतका ब्राण्डसँग प्रदर्शनीमा ईभी रहने छन् ।

छ दिनसम्म सञ्चालन हुने शोमा चार पाङग्रेसहित २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने जनाइएको छ । 

Logo