स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि बार्सिलोनाको जित


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ। आईतबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनालाई २-१ गोल अन्तरले हराएको हो। जोआओ केन्सिलो र जोआसो फेलिक्सले डेब्यु गरेको खेलमा बार्सिलोनाले ला लिगामा संघर्षपूर्ण जित दर्ता गरेको हो। 

जुल्स कोन्डेको गोलमा बार्सिलोनाले खेलमा सुरुआती अग्रता बनाएको थियो। इल्के गुन्डोगोनको कर्नरमा पहिलो हाफको इन्जुरी समयमा डिफेन्डिङ च्याम्पियनले खेलमा अग्रता लिएको हो।दोस्रो हाफमा घरेलु टोली ओसासुनाका लागि चिली अविलाले खेल बराबरीमा ल्याएका थिए। 

एलेक्जान्द्रो काटेनाको फाउलमा प्राप्त पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए। काटेना रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली अन्तिम ५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो। 

म्यानचेस्टर युनाईटेडका डिफेन्डर कान्सेलो र एट्लेटिको मड्रिडका फरवार्ड फेलिक्स यसै सिजन लोनमा बार्सिलोना आएका छन्। बार्सिलोनाले ४ खेलबाट १० अंक जोडेको छ। समान खेलबाट ओसासुनाको ६ अंक छ। 

Logo