कोसी सरकारविरुद्धको रिट सुवेदी ,मल्ल र चुडालको इजलासमा

कोसी सरकारविरुद्धको रिट सुवेदी ,मल्ल र चुडालको इजलासमा


कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय नहकुल सुवेदी, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको छ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ।

यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो।  मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।

Skip This
Logo