लस एन्जलमाथि इन्टर मियामीको सानदार जित

लस एन्जलमाथि इन्टर मियामीको सानदार जित


लिओनल मेसीको अर्को उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा साविक विजेता लस एन्जल (एलए) ग्यालेक्सीमाथि सानदार जित दर्ता गरेकाे छ। 

सोमबार बिहान बीएमओ स्टेडियममा भएको खेलमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो। खेलमा मेसीले दुई असिस्ट गरे। खेलको १४औँ मिनेटमा फकुन्डो फारिएसले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए।

५१औँ मिनेटमा जोर्दी अल्वाले मेसीको पासमा गोल गर्दै इन्टर मियाकीको अग्रता दोब्बर पारे। मेसीकै पासमा लुकास काम्पनाले ८३औँ मिनेटमा इन्टर मियामीका लागि तेस्रो गोल गरे। मेसीको आगमनपछि नै अपराजित इन्टर मियामीले २५ खेलबाट २५ अंक जोड्दै इस्टर्न कन्फेरेन्सको १४औँ स्थानमा छ। 

Logo