वर्षाले रोकियो नेपाल र भारतबीचको खेल

वर्षाले रोकियो नेपाल र भारतबीचको खेल


एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल वर्षाले अवरुद्ध भएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले वर्षाले खेल रोकिनुअघि ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएकाे छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रनमा छन् ।

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएका हुन् । 

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए ।  

Logo