नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‍द्वारा स्वीकृत


भारत सरकारले नेपालसँग आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भारत भ्रमणका बेला भएको १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारले स्वीकृत गरेको हो । भारतीय मन्त्रिपरिषद् बैठकले सो सम्झौता स्वीकृत गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिनेछ ।

Logo