टिपरको ठक्करबाट काभ्रेमा २ जनाको मृत्यु

टिपरको ठक्करबाट काभ्रेमा २ जनाको मृत्यु


काभ्रे ।

काभ्रेमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । बनेपाबाट रविओपी जाँदै गरेको बा ४ ख ६३८६ नम्वरको टिपरले धुलिखेल नगरपालिका २ रविओपीमा बा ३६ प ५०५२ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट वन रक्षक ५० बर्षिय बेदप्रसाद कोईराला र उनका दाजु ५५ बर्षिय गोर्बद्धन कोईरालाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

मोटरसाइकलमा सवार दुवै जनाको शव शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । ठक्कर दिने टिपर चालक फरार छन् ।

Logo