सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ ।

भदौ २१ गते अन्तिम सुनुवाइ हुने भनिए पनि सन्दीपविरुद्धको मुद्दा धेरै पछाडि रहेको छ। कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरी मुद्दा पनि उनकै इजलासमा रहेको छ।

त्यसपछि जालसाजी, लेनदेन र लागु औषधको मुद्दा पनि कार्कीको इजलासमा परेको कारण बिहीबार पनि उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना न्यून छ। 

Logo