काठमाडौँ महानगरमा शुक्रबार बिदा

काठमाडौँ महानगरमा शुक्रबार बिदा


काठमाडौँ महानगरपालिकाले वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार शोक बिदा दिएको छ । 

१६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालको असमायिक निधनमा दुःख व्यक्त गर्दै  महानगरले भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेकाे प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए । 

रिजालको निमोनियाका कारण निधन भएको हो । 

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण आज बिहान ७ः३० बजे निधन भएको हो । 

Logo