युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रतिबद्ध छाैं -मन्त्री भण्डारी

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रतिबद्ध छाैं -मन्त्री भण्डारी


श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई सांसद प्रेम सुवालले नेपाली युवाले स्वेदशमै रोजगारी कहिले पाउने भन्ने प्रश्न सोधेका छन् । 

आज संसदमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसंग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सुवालले सोधेको प्रश्नको जवाफमा मन्त्री भण्डारीले नेपाल सरकार हरेक युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कुरामा प्रतिबद्ध रहेको दाबी गरे । 

उनले विस्तारै अर्थतन्त्र उकालो लाग्ने बाटोमा रहेको अर्थमन्त्रीले समेत बताएको भन्दै अब विस्तारै स्वदेशमै रोजगार सिर्जना गर्ने बाटोमा सरकार लागेको दाबी गरे । 

उनले भने, ‘प्रत्येक ७ सय ५३ पालिकामा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । रोजगार सेवा केन्द्रलाई रोजगार सेवा हवको रुपमा चै यसलाई अगाडि बढाउने दृष्टिकोष चै सरकारले राखेको छ ।’ 

त्यस्तै, मन्त्री भण्डारीले देशभरका बेरोजगारहरुको तत्थ्याङ्क राख्ने सफ्टवेयर निर्माणको काम भइरहेको र त्यसको आधारमा रोगजार उपलब्ध गराउने गरी काम भइरहेको बताए । वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उनको भनाई छ । 

Logo