सन्दीप लामिछानेको मुद्दामा पीडित किशोरीको थप कागजात झिकाउन आदेश

सन्दीप लामिछानेको मुद्दामा पीडित किशोरीको थप कागजात झिकाउन आदेश


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।

बिहीवारको सुनुवाइपछि न्यायाधीश शकुन्तला कार्कीको इजलासले  पीडित किशोरी ‘गौशाला २६’को पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइसराइको थप कागजात झिकाउन आदेश दिएको हो । आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए । साथै पीडितका पक्षबाट पनि मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए।

अब उक्त मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

सर्वोच्च अदालतले फागुन १५ गते सन्दीपको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन । यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । त्यसपछि भदौ २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए । 

Logo