राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। 

अर्को बैठकको मिति र समय राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । 

Logo