#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86111342385640168178560
नेपाल5041

टाइगर श्राफका ८ रहस्य

आज टाइगर श्राफको ३० औँ जन्मदिन हो । उनको जन्म सन् १९९० मार्च २ मा मुम्बईमा भएको थियो । बलिउडका एक जबर्जस्त एक्सन हीरोका रुपमा उनलाई नचिन्ने सायदै कोही होला । सानैदेखि मार्शल आर्टको प्रशिक्षण लिइरहेका ‘टाइगर’ आफ्नो व्यक्तिगत जिन्दगीसँग जोडिएका कुराहरु सार्वजनिक गर्दैनन् ।

त्यसैले उनका फ्यानहरुलाई उनकोे बारेमा धेरै कम कुराहरु थाहा छ । तर उनी चर्चित कलाकार भएका कारणले उनका धेरै रहस्यहरु त फ्यानहरुलाई थाहा हुन्छ नै । आज हामी तपाईंहरुलाई टाइगरका केही यस्ता यस्ता रहस्यहरुको बारेमा बताउन गइरहेका छौँ जसमध्ये धेरैको बारेमा तपाईंहरुलाई पक्कै थाहा छैन होला ।

१. टाइगर होइन सक्कली नाम

टाइगर श्राफको सक्कली नाम टाइगर नभएर जय हेमंत श्राफ हो । उनका बुवा ज्याक्की श्राफका अनुसार सानैदेखि टाइगर सबै कुराहरु दाँतले टोक्ने प्रयास गर्ने गर्थे । उनको यस्तो चुलबुले बानी देखेर उनलाई टाइगर भनेर संबोधन गरिन थाल्यो । आज उनी देशविदेशमा टाइगर नामले नै प्रख्यात छन् ।

२. मार्शल आर्टप्रति अधिक रुची

सुरुवातमा टाइगरले अभिनयमा नै आफ्नो करियर बनाउँछु भनेर सोचेका पनि थिएनन् । बरु खेल, मार्शल आर्ट् र डांस मा उनलाई अधिक रुची थियो । उनले चार वर्षको उमेरदेखी नै मार्शल आर्टको प्रशिक्षण लिन सुरू गरेका थिए । उनी एउटा राम्रो डान्सर पनि हुन् । उनी माइकल ज्याक्सनका धेरै ठूला फ्यान हुन् ।

३. सुभाष घईले जन्मिदैँ दिएका थिए, साइनिङ् एमाउन्ट

टाइगर जन्मिने बेला नै डाइरेक्टर सुभाष घईले टाइगरको साइनिङ् एमाउन्ट उनका बुवा ज्याक्की श्राफलाई दिएका थिए । दुबै कहिले सँगैे काम गर्नेछन् भन्ने प्रश्नमा टाइगरले आफू पहिलेदेखि नै तयार भएको बताउँछन् । टाइगरका अनुसार सुभाषले भविष्यमा फिल्म अफर गरेको खण्डमा उनी पक्कै पनि फिल्ममा काम गर्नेछन् । सुभाष र ज्याक्कीले धेरै सुपरहिट चलचित्रहरुमा सँगै काम गरिसकेका छन् ।

४. श्रद्धा कपूर थिइन् क्रश

टाइगर श्राफले आफ्नो पढ़ाई ‘अमेरिकन स्कूल आफ बम्बे’ बाट गरेका हुन् । श्रद्धा कपूर पनि उक्त स्कूलमा पढ्थिन् । उनीहरु सानैदेखि एक अर्काका मिल्ने साथी हुन् । टाइगरले बताइसकेका छन् कि स्कूल मा पढ्दा श्रद्धा उनकी क्रश थिइन् । तर उनले आफ्नो फीलिङको बारेमा कहिल्यै श्रद्धालाई भनेनन् किनकी उनी डराउँथे ।

उनी श्रद्धालाई टाढाबाट हेर्थे मात्रै । श्रद्धा टाइगरकी नजिककी साथीमध्ये चिनिन्छीन् । दुबैले पहिलोपटक चलचित्र ‘बागी’ मा काम गरेका थिए । चलचित्र ‘बागी ३’ मा फेरी दुबैजना देखिने भएका छन् ।

५. धूम ३ मा आमिर खानलाई सहयोग

फिल्म ‘धूम ३’ मा आमिर खानको आकर्षक बडी देखाइएको थियो । फिल्ममा उनले आधुनिक चोरको भूमिका निभाएका थिए । फिल्ममा  एक्शनदेखि डान्स र चेस सीनमा बडीको कारणले उनले निकै चर्चा कमाएका थिए । यसरी बडी बनाउन आमिर खानलाई टाइगर श्राफले सहयोग गरेका थिए । भनिन्छ कि, टाइगर श्राफबाट आमिर खान धेरै प्रभावित भएका थिए । उनले टाइगरको पहिलो फिल्म प्रोड्यूस गर्न मन पनि गरेका थिए । तर समय परिस्थितीले गर्दा टाइगरलाई साजिद नाडियाडवाला को फिल्ममा पहिलो मौका मिलेको थियो । टाइगरले फिल्म हीरोपन्तीबाट डेब्यु गरेका थिए ।

६. शाकाहारी हुन् टाइगर

प्रायःजसो सोचिन्छ कि आकर्षक बडी बनाउन मांसाहारी हुन जरूरी हुन्छ । तर, टाइगर यसको अपवाद हुन् । उनी यस्तो तरकारीहरुको सेवन गर्छन् जुन शरीरलाई अधिक लाभदायक हुन्छन् । टाइगर कहिलेकाँही अन्डा खान्छन् । यसबाहेक उनी पूर्णतया शाकाहारी हुन् ।

उनी धेरैजसो घरको खाना मन पराउँछन् । उनी आफ्नो बिहानदेखि बेलुकासम्मको दिनचर्याको राम्ररी ख्याल राख्छन् । यसका साथै टाइगर इन्स्ट्रीका त्यस्ता कलाकारहरु मध्ये एक हुन् जो चुरोट तथा रक्सी सेवन गर्दैनन् ।

७. दिशा पाटनीसँगको सम्बन्ध

टाइगर श्राफ र दिशा पाटनी एक अर्कासँग एकदमै निकट छन् । प्रायः दुबैजना सार्वजनिक स्थल तथा इभेन्टहरुमा सँगै देखिन्छन् । चलचित्र ‘बागी २’ मा दुबैले सँगै काम गरिसकेका छन् । जानकारी अनुसार उनीहरु प्रेम सम्बन्धमा छन् । तर उनीहरुले सार्वजनिक रुपमा यो कुराको खुलासा गरेका छैनन् । उनीहरुको सम्बन्धको बारेमा सोधेको प्रश्नमा आफूहरु एक अर्काको मिल्ने साथी मात्र भएको बताए पनि चलचित्र जगत तथा सर्वसाधारणले उनीहरुलाई जोडीको रुपमा हेर्छन् ।

 

८. पहिलो पटक बुवा–छोरा गर्नेछन् सँगै काम

‘बागी ३’ में पहिलोपल्ट टाइगर र उनका बुवा ज्याक्की श्राफ को बुवा–छोराको जोड़ी सँगै देखिनेछ । उनीहरु फिल्ममा पनि बुवा–छोराकै भूमिकामा देखिनेछन् । यो एक्शन फिल्म मार्च ६ मा रिलीज हुँदैछ । फिल्ममा रितेश देशमुख र श्रद्धा कपूर पनि मुख्य भूमिकामा छन् ।

सम्बन्धित समाचारहरु