चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमति जुटेकाे छः परराष्ट्रमन्त्री साउद

चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमति जुटेकाे छः परराष्ट्रमन्त्री साउद


परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमति भएको बताएका छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझावको लागि आयोजित छलफलपछि परराष्ट्रमन्त्री साउदले यस्ताे बताएका हुन् । साथै उनले पूर्व परराष्ट्र मन्त्रीहरुसँग चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको भन्दै प्रधानमन्त्रीले प्राप्त सुझावहरुलाई महत्वपूर्ण रुपमा लिएको पनि बताए‍ । 

‘पूर्वपरराष्ट्र मन्त्रीहरुलाई आमन्त्रण गरेर चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको छ । उहाँहरुले भ्रमणको समयमा गनुपर्ने आवश्यक तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्वपूर्ण सुझाव र सल्लाह दिनु भएको छ । त्यसको लागि आज उपस्थित सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिनु भएको छ र सुझावहरुलाई महत्वपूर्ण रुपमा लिएको छ ।’ उनले भने, ‘ भ्रमणलाई सफल बनाउने बारेमा नेपालको सबै राजनीतिक तहमा सहमति भएको छ ।’

Logo