नेपालको आर्थिक क्रान्ति सम्भव छः अर्थमन्त्री महत

नेपालको आर्थिक क्रान्ति सम्भव छः अर्थमन्त्री महत


अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ११०औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताएका हुन् । 

‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ । आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगी भूमिका, सहजकर्ताको भूमिका र प्रतिस्पर्धा सुनिश्चिता सरकारले गर्छ ।’

शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने अर्थमन्त्री महतको भनाई छ । उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताए । 

Logo