वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने


नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री-वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ।  

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला  र प्रभु बैंकका तर्फबाट  सीबीओ रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन्। 

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत  सम्म कर्जा उपलब्ध गराउने छ।  २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।  वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। 

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्,। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो।

सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडल वुलिङ बिंगो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको बताएको छ। यो वुलिङ एयर ईभी खरिद गर्ने ग्राहकलाई नेपाल भरी उपलब्ध गराउने सुबिधा छ।

Logo