नाडा अटो शोमा यसपटक दर्शकले धेरै कुरामा नयाँपन पाउनेछन्ः अध्यक्ष थापा

नाडा अटो शोमा यसपटक दर्शकले धेरै कुरामा नयाँपन पाउनेछन्ः अध्यक्ष थापा


कोभिड महामारी र आयात प्रतिवन्धका कारण विगत ३ वर्षसम्म हुन नसकेको नाडा अटो शो यस वर्ष आयोजना हुन लागेको छ। आर्थिक मन्दीका कारण शिथिल बनेको बजारलाई चलायमान बनाउन पनि अटो शो आयोजना गरिएको नाडा अध्यक्ष ध्रुव थापा बताउँछन्। यसै सन्दर्भमा मेलाको तयारी कस्ताे छ, सवारी बजार र कम्पोनेन्ट्सको बजार अवस्थाका बारेमा के-कस्ताे भइरहेकाे छ ? भनेर नाडाका अध्यक्ष ध्रुव थापासँग कुराकानी  गरेका छाैं । प्रस्तुत छ, कुराकानीकाे सम्पादित अंश-

नाडाले अटो शो-२०२३ काे तयारी कस्तो गरेकाे छ ?

-विगतमा हरेक वर्ष आयोजना हुँदै आएको अटो शो कोभिड महामारी र सवारीसाधनमाथि लागेको आयात प्रतिबन्धका कारण ३ वर्षसम्म हुन सकेन। तयारी अन्तिम चरणमा पुगेको छ। अटो शोले बजारमा एक प्रकारको उत्साह थपेको छ। आर्थिक मन्दीका कारण शिथिल बन्दै गरेको अर्थतन्त्रलाई थप चलायमान बनाउन अटो शोले भूमिका खेल्ने अपेक्षा लिएका छौँ।

अटो शोबाट २० अर्ब हाराहारी कारोवार गर्ने लक्ष्य लिनुभएको छ,उक्त लक्ष्य हासिल गर्न कत्तिको सम्भव छ?

-अहिलेको अवस्थामा अटो शो आयोजना गर्छु भन्नु नै आफैंमा चुनौतीपूर्ण छ । तर उक्त चुनौतिका बावजुद पनि हामीले मेला अयोजना गरेका छौँ। फेस्टिभल सिजनको उन्मुख पारेर आयोजना गरिएका कारण प्राय सबैजसो बिक्रेताले मेलाकै अवसर पारेर केही न केही नयाँ स्किम ल्याउने पुरानै प्रचलन छ। 

अर्को कुरा, आर्थिक मन्दिका कारण शिथिल बजारलाई चलायमान बनाउन धेरैजसो कम्पनीले उत्पादक कम्पनीसंगै सल्लाह गरेर आकर्षक अफर ल्याउँदैछन्।

ती सवारीसाधनमा दर्शकको आकर्षण बढ्ने र यसले बिक्री वढाउन भुमिका खेल्ने हाम्रो ठहर छ । नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्ब हाराहारीमा रहँदै आएकोमा झन्डै अधिकांश सवारीको वुकिङ नाडा अटो शोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्ब हराहारीको कारोवार हुने अनुमान गरेका हौँ।

अटो शोमा यसपटक नयाँपन के छ ?

-यसपटक दर्शकले धेरै कुरामा नयाँपन पाउनुहुनेछ। पहिलो त लामो समयको अन्तरालपछि मेला अयोजना भएका कारण धेरैजसो नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा रहनेछन्।

आर्थिक मन्दिका कारण शिथिल बन्दै गरेको अर्थतन्त्रलाई थप चलायमान बनाउन अटो शोले भूमिका खेल्ने अपेक्षा लिएका छौँ।

तीन वर्षको अवधिमा नेपाल आएका नयाँ ब्रान्ड र मोडल प्रदर्शनी हुने हुँदा यसमा नयाँपन छ । अर्को कुरा,आर्थिक मन्दीका कारण शिथिल बजारलाई चलायमान बनाउन धेरैजसो कम्पनीले उत्पादक कम्पनीसंगै सल्लाह गरेर आकर्षक अफर ल्याउँदैछन्। 

नयाँ आर्थिक वर्ष शुरु भएपछि सवारी बजारको अवस्था कस्तो छ ? 

-दुई महिनायता केही हदसम्म सुधार हुँदै गएको देखिन्छ । तर यो आशा लाग्दो भने होइन । कमर्सियल भेइकलको हालत एकदमै नाजुक अवस्थामा थियाे तर अहिले अलिकति चलायमान भएको छ। ईभीमा आकर्षण वढि नै रहेको छ। इन्क्वायरी बढिरहेको छ।

विस्तारै बजार चलायमान हुनसक्ने आधारहरु देखिएको छ। सेयर बजार र रियलस्टेटमा आएका मन्दिका कारण पनि यसको प्रभाव सवारी बजारमा देखिएको हो । तर अहिले रियल स्टेट पनि चलायमान हुन थालेको र टुरिजमसंगै रेमिट्यान्स पनि राम्रै आइरहेको कारण विस्तारै बजार सुधारको बाटोमा जाने अनुमान गर्न सकिन्छ ।

सवारीसाधनमा बीएस६ मापदण्ड लागू गर्ने विषयमा व्यावसायीले सहयोग गरेनन् भन्ने सरकारी निकायको गुनासो छ, यसमा तपाईंहरुको भनाई के हो ?

-प्रदूषणको मापदण्डलाई लिएर हामीले कहिले पनि विरोध गरेका छैनौँ। हामीले त एकैपटक विएस ३ बाट बीएस ६ मा जाँदा निम्तिन सक्ने जोखिमका विषयलाई लिएर सरकारी निकायलाई सचेत मात्र गराएका हौँ। साथै चरणवद्ध रुपमा विएस ४ हुँदै बीएस६ मा जानु उपयुक्त हुन्छ भनेर सल्लाह दिएका हौँ।

नेपालमा अहिले विक्री हुने प्यासेन्जर कार र टु–ह्विलर प्राय सबैजसो बीएस६ मापदण्डकै आयत भइरहेका छन्। कमर्सियलमा मात्र विएस ४ सम्मका गाडी आयत भएका हुन्। विएस६ मा जाने वित्तकै गाडीको मूल्य निकै महंगो पर्छ। यसले उपभोक्तसम्मलाई प्रभाव पार्छ। यी कुरालाई नजरअन्दाज गरेर सरकार जसरी पनि विएस६ मा जान खोज्छ भने हाम्रो भन्नु केही छैन। सरकारले चाहे यसमा हामी बाधक बन्दैनौँ।

ईभीको माग बढेसँगै यसको गुणस्तर र ब्याट्री ब्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको छ किन ?

-बजारमा अहिले ईभीको मागमा जुन रफ्तारले वृद्धि भइरहेको छ, त्यो आफैंमा राम्रो कुरा हो। विश्व बजारनै न्यू इनर्जी भेइकलमा सिफ्ट भइरहेको सन्दर्भमा नेपालले जुन गति पकडेको छ, यो आफैंमा सुखद् पक्ष हो।

नेपालमा अहिले विक्री हुने प्यासेन्जर कार र टु-ह्विलर प्राय सबैजसो बीएस६ मापदण्डकै आयत भइरहेका छन्।

जहाँसम्म ब्याट्री ब्यवस्थापनको कुरा छ, यस विषयमा सरकारले प्रष्ट निती लिएको छ। आयातकर्ता कम्पनीले नै ब्याट्रीको व्यवस्थापन गर्नुपर्ने भनिसकेका कारण सम्वन्धित कम्पनीले यस विषयमा आ-आफ्नो तवरबाट तयारी अघि बढाइसकेका छन्।

Logo