नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने भारतीय उद्यमीको घोषणा

नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने भारतीय उद्यमीको घोषणा


भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका हुन्।

उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख छ।

उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका थिए। जसमा आइसिसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन्।

Logo