नेम्वाङ एमालेको मात्रै होइन सबै पार्टीको नेता हुनुहुन्थ्योः गगन थापा

नेम्वाङ एमालेको मात्रै होइन सबै पार्टीको नेता हुनुहुन्थ्योः गगन थापा


नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले‍ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन्। 

आज नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ्प्रति श्रद्धान्जली व्यक्त गर्दै महामन्त्री थापाले आफू पहिलो पटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै अभिभावक गुमाएको महसुस भएको बताए । उनले भने ‘म पहिलो पटक सांसद भएर जादैँ गर्दा मैले बोल्ने बोली र मैले लगाउने लुगा पनि राम्रो भएन बद्ल्नु भनेर भन्नु भएको थियो । नयाँ आएका सांसदहरुलाई संसदको मर्यादा सिकाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो । अभिभावकत्व गुमाएको महशुस भएको छ ।’ 

महामन्त्री थापाले हरेक छलफल र वार्तामा नेम्वाङ हुदाँ त्यसले मूर्तरुप पाउँछ भन्ने विश्वास बढ्ने गरेको भन्दै उनले उहाँ एमालेको मात्रै नभई सबैको साझा नेता हुनुहुन्थ्यो भने । ‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ् हुनु भनेको टुङ्गिने बाटो तर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होईन्, माओवादी, नेपाली काङ्ग्रेस सबैले साझा नेताको रुपमा उहाँलाई सम्झिने गर्छ ।’ उनले भने । 

त्यस्तै नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माणले पूर्णता पाएको भन्दै महामन्त्री थापाले यो संविधानमाथि गर्व गर्ने हरेकले नेम्वाङलाई विर्सन नसक्ने बताए । उनले भने, ‘२०६२, ६३ को आन्दोलनपछि आवश्यक भएको पात्र सुवास नेम्वाङ् मात्रै हुनुहुन्थ्यो। संविधान निमार्ण गर्ने समयमा पनि दृढ संकल्प बोकेको मानिसको आवश्यकता थियो । जसले यो पटक संविधान बनाउनै पर्ने दबाब थियो । त्यो दबाबलाई थेक्न सक्ने र दृढताका साथ लाग्न सक्ने क्षमता पनि उनमा थियो । त्यस्तो नभएको भए आज नेपालमा संविधान हुने थिएन ।’ 

Skip This
Logo