जोशी हाइड्रोपावरकाे साधारणसभा आह्वान

जोशी हाइड्रोपावरकाे साधारणसभा आह्वान


जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा आइतबार आयोजना गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.६५ अनुपात (६५ प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ। हकप्रद निष्कासनपश्चात पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ।

सभा लिसारा ब्यांकेट हल, नक्साल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गरिएको छ।भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्। 

हाल जोशीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। उक्त पूँजीमा प्रस्तावित ६५% हकप्रद सेयर जारी भएमा चुक्ता पूँजी ६१ करोड २८लाख १० हजार रुपैयाँ पुग्नेछ।

Logo