यो देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्न सक्ने अवस्था सिर्जना भयाेः ज्ञानेन्द्र शाही

यो देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्न सक्ने अवस्था सिर्जना भयाेः ज्ञानेन्द्र शाही


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शाहीले देशलाई भ्रष्ट र तस्करको देशको रुपमा विकशित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्य भएको बताएका हुन् । 

उनले भने, ‘१२ हजारभन्दा बढिले जागिर छोड्दै छन् । यो देशमा तस्कर र भ्रष्टमात्रै यदी कोही भ्रष्टचारी कर्मचारी छ भने मात्रै बाच्न सक्छ इमान्दार कर्मचारी यो देशमा बाच्न सक्दैन त्यस्तो अवस्था सिर्जना भएको छ ।’

प्रवक्ता शाहीले ८४ मा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने उनको तर्क छ । जो सुकै आएपनि परिर्वतनको आभास नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताए । उनले भने, ‘हिजो अरु थिए आज हामी छौं । परिर्वतन के भयो ? जनताको जीवनमा के परिर्वतन भयो । हामीले विदेश जानेलाई रोक्न सक्यौं ? कोही अन्यायमा परेकोलाई न्याय दिन सक्यौं ? बालुवाटार काण्ड खाने माधव नेपाल र बाबुरामलाई थुन्न सक्यौं ? त्यो हुनाले ठुलालाई चैन र सानालाई ऐनको यो परम्परालाई तोड्न जरुरी छ ।’ 

प्रवक्ता शाहीले नेपाल सनातन हिन्दु राष्ट्र रहेको र भोलि पनि रहने जिकिर गरे । 

Logo