सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टबिच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टबिच सफ्टवेयर उपलब्ध गराउने सम्झौता


सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता भएको छ । कम्पनीबीच टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो ।

सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ ।

साे सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने छन । यो सफ्टवेयर खुद्रा विक्रेताको लागी व्यापार वृद्धि र व्यवस्थापनको लागी माइलस्टोन हुने कम्पनीकाे विश्वास छ ।

Logo