पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टिमा जे देखियो [तस्विरमा]

पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टिमा जे देखियो [तस्विरमा]


संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  

मङ्गलबार बिहान हृदयघातका कारण निधन भएका नेता नेम्वाङकाे बिहीवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्। नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो।

यसअघि पशुपति आर्यघाटमा पुगेर नेम्वाङको पार्थिव शरीरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए। 

 

 

 

Skip This
Logo