#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86111342385640168178560
नेपाल5041

हिन्दुधर्म तथा संस्कृती संगठनले अमेरिकामा किन्यो आफ्नै भवन

काठमाडौं ।
भुटानको एक तान्त्रिक शासनको क्रूर नितिका कारण सन् १९९२ मा भुटानका श्रीयुद्धप्रसाद आचार्य देश निष्काशित भएका थिए ।

देश निष्काशित भएपछि आचार्य पूर्वी नेपालको झापा जिल्ला अन्तर्गत शरणार्थी शिविर बेल्डागीमा बसेका थिए । आफ्नै शिविरको विद्यालयमा आचार्यले सन् १९९२ देखि शिक्षक पेशा गरी स्वयंसेवक गरेका थिए । तेस्रो देश पुर्नवासमा आचार्य सन् २००८ जुलाई २२ मा अमेरिका प्रस्थान गरे ।

उनी अमेरिका प्रवेश गरे देखि अहोरात्र समाजसेवामा समर्पित भएका छन् । आचार्यले सारा हिन्दुलाई एकिकृत गर्ने मूल उद्देश्यमा सन् २०१३ मा हिन्दुधर्म तथा संस्कृती संगठन (ओएचआरसी) नामक संस्था गठन गरेका थिए ।

अमेरिकाको ह्यारिस वर्गमा रहेको उक्त हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) ले गत महिना आफ्नै भवन खरिद गरेको छ । संस्थाले नेपालीभाषी हिन्दू भुटानीको अगुवाइमा भवन खरिद गरेको हो । भवन स्थानीय ५६५० ल्यानकास्टर स्ट्रिट, ह्यारिसवर्गमा रहेको १२ हजार ५७२ वर्ग फिटमा फैलिएको छ ।

यसका लागि दश लाख अमेरिकी डलरमा २ लाख ५० हजार डाउन पेमेन्ट गरिएको छ । संस्थाले नेपालीभाषा कक्षालाई नियमित गर्ने, साहित्य कक्षा चलाउने, धार्मिक कार्यहरू लगायतको कार्य गर्न भवन खरिद गरिएको आचार्यले प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचारहरु