#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590967736210229645712583004
नेपाल10425850187

‘मिस वर्ल्ड -२०१९’ टोनी नेपालमा (भिडियोसहित)

काठमाडौं ।

‘मिस वर्ल्ड -२०१९’ की विजेता जमैकाकी टोनी एन सिंह तीनदिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । उनीसँगै मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लससमेत नेपाल आएका छन् ।

बिहिबार विहान उनीहरुलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा मिस नेपाल वर्ल्ड – २०१९ अनुष्का श्रेष्ठ लगायत पुगेका थिए । नेपाल भ्रमणमा मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्धको क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गरेको यो पहिलोपटक हो ।

हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल- २०२० को अवसर पारेर यस वर्षकी मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो ।

उनीहरुले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछन् । शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिन हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु