नाडा अटो शोमा आज बृहत रक्तदान कार्यक्रम हुने

नाडा अटो शोमा आज बृहत रक्तदान कार्यक्रम हुने


काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन भइरहेको  ‘नाडा अटो शो २०२३’ मा आज बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

गत भदौ २६ गतेदेखि सञ्चालन भइरहेकाे नाडा अटो शोको पाँचौं दिन अर्थात आज अटो व्यवसायीहरूको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुन लागेको हो। बिहान ११ बजेदेखि ४ बजेसम्म बृहत रक्तदान कार्यक्रम हुने नाडा कार्यसमिति सदस्य प्रकाश कपुरीले बताए। कपुरीले बृहत रक्तदान कार्यक्रममा सहभागी हुन् सबैलाई आग्रह समेत गरे।

साथै कपुरीले नाडा अटो २०२३ ले  कोरोना माहामारीको चपेटामा परेको अटो व्यवसायलाई चलायमान बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘हामी अटो व्यवसायीले नाडा अटो शोलाई लक्षित गरी  उत्साहका साथ विभिन्न ब्रान्डका सवारीहरु लिएर आएका छौँ, चाडपर्व नजिकिदै गर्दा राखिएको यो मेलाले व्यापारमा सहयोग पुर्याउने आशा छ। यो मेलाप्रति अवलोकनकर्ता,उपभोक्ताहरूले विशेष आकर्षण देखाउनुभएको छ।’  

कपुरीले कोरोना माहामारीका कारण तीनवर्षसम्म सञ्चालन हुन नसकेको यो मेलामा यो वर्ष १ लाख भन्दा बढी मानिसहरूले अवलोकन गर्ने आशा राखेका छन्।

Logo