म अब्बल नेता त होइन, तर जे गर्छु इमान्दारीताका साथ गर्छुः अध्यक्ष ओली

म अब्बल नेता त होइन, तर जे गर्छु इमान्दारीताका साथ गर्छुः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रको अहित हुने काम कुनै पनि हालतमा नगर्ने दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी’ कार्यक्रममा विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने र जे गरे पनि ईमान्दारीताका साथ गर्ने दाबी गरेका हुन् ।

उनले भने, ‘म अब्बल नेता त होइन । तर ईमानका साथ काम गर्छु । ईमानदार प्रयास गर्छु । देशलाई माया गर्छु जनतालाई माया गर्छु । कुनै हिसाबले पनि चलखेल, छल कपटले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनु हुँदैन भन्ने मान्यता राख्छु । र जे गर्छु ईमान्दारीताका साथ गर्छु ।’

अध्यक्ष ओलीले आफूले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको भन्दै नयाँ पुस्तालाई देशको भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने गरी तयारी गर्न आग्रह गरे । उनले भने, ‘म अब्बल नेता होइन । अब तपाईंहरु जस्तै नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ । नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकेको छैन । हाम्रो भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने हुनुपर्छ ।’

Skip This
Logo