कांग्रेसले बीपीलाई ‘सुपरम्यान’ बनायोः नेता कार्की

कांग्रेसले बीपीलाई ‘सुपरम्यान’ बनायोः नेता कार्की


माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’ बनाएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उनले भने- ‘कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनाएर महामानव हुन् । अब उनलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ । कैले कहीँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आँफै गर्ने भन्ने जो आम चलेको छ । त्यस्तो होइन् । बीपी मान्छे हुन बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् । त्यति मात्रै हो ।’ 

नेपाली राजनीतिमा बीपीको स्थान र साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको उनको तर्क छ । 

Logo