भक्तपूर ।
भक्तपूरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३च ४६४७ काठमाडौं वर्ल्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किंदा १५ जना घाइते भएका छन् ।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा१६च ४३६१ नंको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा ४१ प ४४०९ नं.को मोटरसाइकल, बा ३ ख ३३४९ नंको बस, प्रदेश ३ बा. २८३६ नंको कार बा ७० प ४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३–०२–००७प .९६६४ नं. को स्कुटर, प्रदेश नं ३–०१–००३ क. ४६४४ नंको भ्यान, प्रदेश नं ३–०१–००३ क ४६४१ नंको भ्यान, प्रदेश नं ३–०२–०१०प ३७६३ नं. को मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।रासस