तीजको रहरमा टिकटकः विकृति की आधुनिकता ? [भिडियाेसहित]

तीजको रहरमा टिकटकः विकृति की आधुनिकता ? [भिडियाेसहित]


आज हरितालिका तीज पर्व । हिन्दु धर्मावलम्बी महिलाहरुकाे लागि सबैभन्दा ठुलो र विशेष पर्वका रुपमा तीजलाई लिइन्छ । आजको दिन विवाहित तथा अविवाहित महिलाहरुले शिवका मठमन्दिरमा गएर पुजा आराधना गरी दिनभर निराहार ब्रत बसेर विभिन्न तीज गीतहरुमा नाचगान गरेर मनाउने गर्छन् ।

धार्मिक कथनअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन चल्दै आएको छ।

यद्यपी समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । 

केन्द्रबिन्दु टोलीले आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा तीजको रौनकलाई समेट्ने क्रममा सबैजसो महिलाहरु टिकटक भिडियो बनाइरहेको देख्याैँ । के विवाहित के अविवाहित, के साना नानी के बृद्ध महिला सबै टिकटकमा रमाइरहेका थिए । हामीले ती महिलाहरुसँग टिकटक किन बनाउनु भएको ? टिकटकले बिकृती भित्राएको छ की छैन् ? कस्तो–कस्तो भिडियोमा टिकटक बनाउनुभयो भनेर सोध्यौं । 
यस्ताे छ उनीहरुकाे प्रतिक्रिया- 

भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo