आईएनजी ‘तीज दर कार्यक्रम २०८०’ सम्पन्न

आईएनजी ‘तीज दर कार्यक्रम २०८०’ सम्पन्न


आईएनजीले आफ्नो वार्षिक ‘तीज दर कार्यक्रम २०८०’ जीवन्त रुपमा हरितालिका तीज पर्व मनाएको छ । 

इस्लिङ्गटन कलेजमा भएकाे सो कार्यक्रममा महिला टोली सदस्यहरूलाई आईएनजीको समृद्ध सांस्कृतिक सम्पदाको सम्झना गर्न र अँगाल्न एक साथ ल्याएको थियो । नृत्य प्रतियोगिता, स्वादिष्ट खाना र रमाइलो उत्सव जस्तो गतिविधिहरूले भरिएको दिनका रुपमा सो पर्व मनाइएको थियो । 

नृत्य प्रतियोगिता कार्यक्रमको मुख्य आकर्षण भएको कलेजले जनाएको छ ।

आईएनजीमा करिब ४०० महिला कर्मचारी कार्यरत छन् र तीमध्ये करिब ८० जनाले एकल र सामूहिक प्रस्तुतिको नृत्य प्रतियोगितामा भाग लिएका थिए । सहभागीहरूले आफ्नो नृत्य चाल र सुन्दर पोशाक मार्फत् आफ्नो रचनात्मकता कला र प्रतिभा प्रदर्शन गरेका थिए । 

नृत्य प्रतियोगितालाई व्यावसायिक नर्तक र सेलिब्रेटीको प्यानलद्वारा निर्णायकको भूमिका खेलिएको थियो, जसमाः सदीक्षा श्रेष्ठ (पूर्व मिस नेपाल), पिंकी सापकोटा (उद्यमी, संस्थापक, व्यावसायिक डान्सर, बेलीडान्सर) थिए ।

नृत्य प्रतियोगिताका विजेताहरूमा प्रथम पुरस्कारः आईएनजी फुड्स (नटराज ट्रफी र रु ५०,००० नगद पुरस्कार), दोस्रो पुरस्कारः इस्लिङ्गटन कलेज ( नगद पुरस्कार रु २५,०००) र तेस्रो पुरस्कारः इनोभेट टेकबाट एकल प्रस्तुति (नगद रु १०,०००) ले हात पार्न सफल भएका थिए ।

कार्यक्रममा नृत्य प्रतियोगिताको अतिरिक्त, कार्यक्रममा -याम्प वाक, स्वादिष्ट खाना र धेरै गतिविधिहरु पनि समावेश गरिएका थिए । महिला टोलीका सदस्यहरू रातो र गुलाबी रंगको पहिरनमा आएका थिए, जसले उत्सवको वातावरण सृजना गरिएको थियो ।

आईएनजीले प्रत्येक महिला सदस्यलाई मनमोहक "मेड इन नेपाल" ह्यान्डब्याग र तीज अभिवादन पत्र सहितको साडी र कुर्ता उपहार दिएको थियो । तीजको सम्झना गर्न र हाम्रो संगठनको जीवन्त संस्कृति मनाउन आईएनजी भित्रका विभिन्न विभागहरूका महिला सदस्यहरूलाई एकताबद्ध गर्दै ‘तीजको दर कार्यक्रम २०८०’ उत्कृष्ट सफलताका साथ मनाइएको कलेजले जनाएको छ । 

Logo