साफ यू-१९ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य

साफ यू-१९ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य


काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । 

‘हाम्रो लक्ष्य भनेको पहिलो राउण्डबाट जितेर दोस्रो राउण्डमा जानु पर्यो दोस्रो राउण्डमा पुगेपछि फाइनल जित्नु पर्यो ।’, उनले भने, ‘बाहिर पनि राम्रो राम्रो खेलाडिलाई बोलाइरहेको छ । त्यो पनि यीनीहरुको लागि मोटिभेसन् हो । अहिले जस्तो प्रदर्शन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’

साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो ।

Logo