शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छः गृहमन्त्री श्रेष्ठ

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छः गृहमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्।  बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताएका हुन्। 

उनले भने,‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढि नै प्राथमिकता दिएर कुनै पनि शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन र शान्तमय वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौँ।’

उप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने,कार्यान्वयन गर्ने र चिकित्सकहरूले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन्। सरकार र गृह मन्त्रालयसँग सम्बन्धित कुरालाई विशेष समस्यामा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।

Skip This
Logo