गायक सुमित खड्का र गायिका अन्जु गौतमको नयाँ गीत सार्वजनिक हुँदै, चर्चित कलाकारहरूकाे छ अभिनय

गायक सुमित खड्का र गायिका अन्जु गौतमको नयाँ गीत सार्वजनिक हुँदै, चर्चित कलाकारहरूकाे छ अभिनय


गायक सुमित खड्काले आफ्नो नयाँ गीत बजारमा ल्याउँदै छन् । ‘कुटुकुटु खायो मुटु गरेउ कमाल कति माया लाग्छ तिम्रो अनि बरि लै’ बोलको गीतमा सुमितलाई गायिका अन्जु गौतमले साथ दिएकी छन् । 

अमर वान्तुले रचना र संगीत भरेकाे उक्त गीतको छायांकन पनि गरिएको छ । भक्तपुरको सूर्यविनायकमा छायाङ्कन गरिएको गीतकाे भिडियाेमा दिपाश्री निरौला, हैट उपनामले चिनिने बुद्धि तामाङसहित अभिषेक खड्का, सजिना श्रेष्ठको अभिनय छ।

भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्‌ भने छायांकन अर्जुन तिवारीको छ। चाँडै रिलिज हुने लोक लयमा आधारित गीतको भिडियो निकै नै आकर्षक र प्रभावकारी बनेको गायक खड्काले बताएका छन्‌ | 

खड्काको स्वर रहेको 'दिमाग खराब' सिनेमाको गीत पनि यो वर्ष सुपर हिट हुने धेरैले अनुमान गरेका छन्‌ । बाबुल गिरीले संगीत दिएको यो गीतले खड्कालाई आम स्राेतामाझ लोकप्रिय बनाउने आंकलन छ।

Logo