हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौंः माधव नेपाल

हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौंः माधव नेपाल


नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनै रणनीतिक योजनामा सामेल हुन नुहने दोहोर्याएका छन् । 

बुधबार काठमाडौंमा आयोजि ‘राष्ट्रिय हित र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बाह्य शक्तिलाई आग्रह गरेका हुन् । 

‘सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौं । हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौं । कसैको सुरक्षा छाता होइन, सद्भाव भए पुग्छ । हाम्रो देशको आन्तरिक मामिलामा कसैले हात नहालि दिउन् र दुई देशबीचको द्वन्द्वको अखडा र मैदान नबनाई दिउन् त्यति भए पुग्छ ।’ उनले भने । 

त्यस्तै पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय लोकतन्त्र र प्रजातन्त्रको नाममा अनुचित कर्मको ढाकछोप गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे । जनताको बीचमा फाटो ल्याउने काम गरेमा फाइदा अरुले उठाउने र कुटनीतिक कौशलताको लागि पहल गर्नुपर्ने उनको तर्क छ । 

उनले कम्युनिष्ट पार्टीहरुलाई गलत रुपमा व्याख्या गर्ने गरिएको आरोप लगाएका छन् । ‘मानवीय पक्षलाई ओझेलमा पारेर कम्युनिष्टहरु मानवीय हैन दानवीय हुन्छन् भन्ने एक्लो वर्चस्व कायम गर्न चाहान्छ र अधिनायकवादी हुन्छन् भन्दै संसारमा प्रचार गर्ने गरिएको छ । आफुले गरेको सबै खाले अनुचित कुराहरु लोकतन्त्र र प्रजातन्त्रको नाममा ढाकछोप गर्ने गरिएको छ । ’ 

राष्ट्रिय हितको बारेमा सबैजना गम्भीर हुनुपर्ने अध्यक्ष नेपालकाे भनाई छ ।

Logo