उत्कृष्टताको निरन्तरतासंगै व्यवहारिक शिक्षा दिने काठमाडौं मोडल कलेज (केएमसी)

उत्कृष्टताको निरन्तरतासंगै व्यवहारिक शिक्षा दिने काठमाडौं मोडल कलेज (केएमसी)


दुई दशक अगाडि स्थापना भएको काठमाडौं मोडेल कलेज (केएमसी) काठमाडौंको मुटु बागबजारमा अवस्थित छ । परिणाममुखी नतिजा ल्याएर अब्बल सावित हुँदै आएको यो कलेजमा प्लस टु देखि स्नात्तोकत्तर सम्म अध्यापन हुँदै आएको छ । केएमसीको नेटवर्कमा १३ हजार विद्यार्थी छन् भने २० हजार बढि आलमुनि मेम्बर रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त केएमसीमा स्नातकमा ब्याचलर्स इन बिजनेश एडमिनिष्ट्रेशन (बीबीए), ब्याचलर्स इन बिजनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर्स इन बिजनेश स्टडीज(बीबीएस), ब्याचलर्स इन कम्प्युटर एप्लिकेशन(बीसिए) र ब्याचलर्स अफ आर्टस् तर्फ साइकोलोजी, सोसल वर्क, र इंगिलिसको  पढाइ हुँदै आएको  छ । विद्यार्थीलाई पुरातन शैलीमा अध्यापन नगराएर नविनतम ढंगमा व्यसायिकतामा जोड दिँदै अध्यापन गराउँदै आएको छ । 

विश्वबजारमा प्रतिस्पर्धी एवम् हरेक स्थानमा उत्कृष्ट बन्नका लागि केएमसीले हरसम्भव विद्यार्थी केन्द्रित नै भएर अध्ययन अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदी बताउँछन् । उनी भन्छन्, ‘उच्च माध्यमिक तहको अध्ययन पश्चात ४ वर्षको स्नातक तहमा आफूलाई रुचि लागेको विषय स्पष्ट भएमा विद्यार्थीलाई उचित परामर्श दिन केएमसी प्रतिबद्द छ । स्नातकमा विद्यार्थीको व्यक्तित्व विकास, सीप र समस्याका समाधान, नेतृत्वदायी भूमिका,अनुसन्धान लगायत रोजगारीका लागि योग्यता र अन्य कौशलमा समेत जोड दिएका छाैं ।’ 

यस्तै, उत्कृष्टताको पर्याय बनेको केएमसीले वर्ष २०२३ मा विश्वविद्यालय अनुदान आयोग बाट क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न मेरिट बेसमा छात्रावृत्तिको व्यवस्थासमेत केएमसीले गरेको छ । 

विश्वबजारमा प्रतिस्पर्धी एवम् हरेक स्थानमा उत्कृष्ट बन्नका लागि केएमसीले हरसम्भव विद्यार्थी केन्द्रित नै भएर अध्ययन अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल सुवेदी बताउँछन् । 

अध्ययनको दायरालाई फराकिलो बनाउँदै विद्यार्थीको सीप,क्षमता तथा सिर्जनशिलताको विकास गर्न केएमसीमा इनोभेसन सेन्टर, इन्क्यिुबिशन ल्याब, लर्निंग सेन्टर, कम्युनिकेशन सेन्टर लगायत स्कील ल्याब रहेका छन् । यसले गर्दा विद्यार्थीको दक्षतालाई झन् मजबुद् बनाउन मद्दत गरेको छ । 

प्रिन्सिपल सुवेदी भन्छन्, ‘विद्यार्थीको सर्वागिंण विकासमा जोड दिँदै पाठ्यक्रमसँग सम्बन्धित विविध वर्कसप, लिडरसिपलगायत गतिविध तथा विविध अतिरिक्त क्रियाकलापमा जोड दिएका छौं । हरेक संकायमा अनुभवी एवम् विज्ञ अध्यापक भएको यो कलेजमा विद्यार्थीलाई हरेक चुनौतिको सामना गर्न सिकाई सफल पेशा व्यवसाय रोज्न आत्मनिर्भर र आत्मविश्वासको भावनासमेत विकास गर्न सिकाइन्छ ।’ 

प्रत्येक वर्ष शतप्रतिशत नतिजा ल्याएर उत्कृष्ट प्रमाणित गर्दै आएको केएमसीमा अत्याधुनिक भौतिक पूर्वाधारले समेत युग सुहाउँदो अध्यापनमा सहजता बनाइदिएको छ । मल्टिमिडिया रुम, अडिटोरियम हल, वाईफाई, खेलकुद, हाइजेनिक क्यान्टिन लगायत केएमसीका सुविधा हुन् । देश बाहिरका विभिन्न प्रतिष्ठित युनिभर्सिटीसँगको सहकार्यमा नविनतम शिक्षण विधिहरु अवलम्बन गर्दै केएमसीले विद्यार्थीमैत्रि अध्यापन गराउँदै आएको छ । 

प्रत्येक वर्ष शतप्रतिशत नतिजा ल्याएर उत्कृष्ट प्रमाणित गर्दै आएको केएमसीमा अत्याधुनिक भौतिक पूर्वाधारले समेत युग सुहाउँदो अध्यापनमा सहजता बनाइदिएको छ ।

विद्यार्थीको व्यक्तित्व विकासका लागि करियर एक्स्पो, प्राइड मन्थ,पब्लिक स्पिकिंग जस्ता कार्यक्रम समावेश छ । उत्कृष्टताको निरन्तरता भन्ने मान्यताका साथ संचालित यो कलेजले प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ । त्यसैले त विद्यार्थीको रोजाइमा पर्दै आएको छ, केएमसी । 

समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo