नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चतुरबहादुर चन्द विजयी

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चतुरबहादुर चन्द विजयी


नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।

यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।  

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ  । सचिवलगायत अरु पदका लागि निर्वाचन जारी छ । 

Logo